
२६ असार ०७८, काठमाडौं । शनिबार गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा सरसफाई गरिएको छ । आज यी नदिहरु भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ गरिएको हो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी पनि सफाइ अभियान शुरु भएको हो । हाल उपत्यकाका २० स्थानमा सफाइ भइरहेको छ ।
काठमाडौँ महानगरपालिका ११ स्थित बुद्धनगर क्षेत्रको नदी किनारमा वाग्मती सफाइ महाअभियानको ४२६औँ हप्ताको सफाइ गरिएको थियो ।
सफाइसँगै अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मोत्सवका अवसरमा सोही वडाको थापाथली क्षेत्रमा वृक्षरोपण पनि गरिएको थियो । आँप, कपुर, एभोकाडो, समी र गुर्जोका करीब १५० बिरुवा रोपिएको अभियानकर्मी प्रिया लामिछानेलेख जानकारी दिइन् ।
सफाइमा पूर्व मुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सदस्य डा माला खरेल, गुर्जो अभियानकर्मी कमलबहादुर राजलवट, पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, अभियानकर्मी डा लक्ष्मी पौडेल, वडा नं ९ का सदस्य टेकराज अधिकारीलगायत जनप्रतिनिधिको सक्रियता थियो ।
सफाइका क्रममा रोपिएका बिरुवाको संरक्षण वडा नं ११ कार्यालयले गर्ने सहमति भएको जनाइएको छ ।
उपत्यकाबाहिर पनि मुख्य शहर, नदी, सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ ।







प्रतिक्रिया