२९ असार ०७८, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
नवनियुक्त प्रधानमन्त्रीको शपथ मंगलबार साँझ ६ बजे राष्ट्रपति कार्यालयमा तय भएको छ ।
प्रतिक्रिया