११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘एमाले सत्ता बहिर्गमनको कारण दलकै नेता’



तस्बिरः पौडेलको फेसबुकबाट

३१ असार ०७८, हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको बताएका छन् । हेटौँडा १४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा लागिरहेको इतिहासकै सफल केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताबाट बाहिर बनाउन सफलता हात पारेकाहरुको खुशी एक महिनामै दुःखमा परिणत हुने जिकिर गरे ।
कार्यक्रममा एमाले वाग्मती प्रदेश सङ्गठन विभाग प्रमुख अनन्त पौडेलले देशमा एकाएक कानूनी राजको अन्त्य भएको बताए । वाग्मती प्रदेशसभा सदस्य जेनेली श्रेष्ठले नेपाली जनताले एमालेलाई विकासको संवाहकका रुपमा बुझिसकेका बताए । कार्यक्रममा विभिन्न दल परित्याग गरी ५० जनाभन्दा बढी एमाले प्रवेश गरेका थिए । उनीहरुलाई मुख्यमन्त्री पौडेललगायत नेताले माला लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ११ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।