३१ असर ०७८, काठमाडौं । सरकारले संघीय संसदका दुवै सभाको अधिवेशन साउन ३ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकले साउन ३ गते दिउँसो ४ बजे संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
असार २८ गते सर्वोच्च अदालतले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै साउन ३ गतेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको थियो ।
मन्त्रिपरिषद् बैठकले बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग तथा आयोगका पदाधिकारीहरुको अवधि १ वर्ष थप गर्नेसमेत निर्णय गरेको छ ।
प्रतिक्रिया