३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आहवान



३१ असर ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आहवान गरेकी छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिसमा साउन ३ गते आइतबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा सङ्‍घीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।

दोस्रोपटक विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतले साउन ३ गतेसम्म प्रतिनिधि सभाको बैठक आहवान गर्न फैसला गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १० : ४२ बजे