३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेस संसदीय दलको बैठक आइतबार संसद् भवनमा बस्ने



२ साउन ०७८, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक भोली आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो । सांसद डिला सङ्ग्रौलाले संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको जानकारी दिइन् । विसं २०७४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलका रुपमा सदनमा भूमिका निर्वाह गर्दै आएको काँग्रेस गत साता सरकारको नेतृत्वमा पुगेपछि परिवर्तित परिस्थितिमा दल र सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले सदनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि छलफल हुने उनले बताइन् । आइतबार दिउँसो ४ बजे संसद् बैठकसमेत बोलाइएको छ । यसअघि बिहान १० बजे संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने जनाइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १ : ५७ बजे