
२ साउन ०७८,काभ्रे । आफ्नै बाबु ७० वर्षीय कमान सिंह तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भुम्लु गाउँपालिका ९ धेरैनी बस्ने ४० वर्षीय सत्य भन्ने दुर्गा तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
दुर्गाले कुटपिट गर्दा कमान सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया