३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप १८०१ जनामा कोरोना पुष्टि



३ साउन ०७८, काठमाडौं । देशभर १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर २३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोना भाइस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ५० पुगेको छ। हाल २५ हजार ४८५ जना सक्रिय संक्रमित छन्। आइतबार १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६२८ पीसीआर तथा ३ हजार एन्टिजेन परीक्षण गरिएको छ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ५७ बजे