३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जसपा संसदीय दलको विधान सर्वसम्मत पारित



५ साउन ०७८, काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान सर्वसम्मत रूपमा पारित भएको छ । उपेन्द्र यादव, डा.बाबुराम भट्टराईलगायत २२ जना सांसद उपस्थित बैठकले सुझाबसहित सर्वसम्मत रूपमा विधान पारित गरेको हो ।

सुझाबलाई समावेश गर्न रामसहायप्रसाद यादव र मोहम्मत इस्तियाक राईलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ । विधानलाई अनुमोदनका लागि केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : २० बजे