१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौँ–तराई द्रुत मार्गको प्रगति १४ प्रतिशत



फाइल तस्विर : ललितपुर खबर

५ साउन ०७८, काठमाडौं । काठमाडौ–तराई–मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति १६.१ प्रतिशत र वित्तिय १४.५१ प्रतिशत लक्ष्य हासिल भएको छ ।
यो अवधिमा आयोजनाको जम्मा कामको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य लक्ष्य लिइएकोे थियो । गत आव ०७७÷७८ मा रु आठ अर्ब ९६ करोड ८८ लाख विनियोजन वार्षिक वित्तीय प्रगति ९७.३४ प्रतिशत रहेको नेपाली सेनाले जनाएको छ । सेनाको निर्माण व्यवस्थापनमा अघि बढेको यस आयोजनाको महत्वपूर्ण संरचनाको रुपमा रहेका दुवै सुरुङ ठेक्कापछिको कामको प्रारम्भ गरिएको छ ।
आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानीय विषयविज्ञ छनोट गरी सर्भेलगायतका काम सुचारु गरिएको छ । अहिले यस परामर्शदाताबाट टोली प्रमुख, आयोजना समन्वयकर्ता, सुरुङ इञ्जिनीयर्स, सडक इञ्जिनीयर्स, पुल इञ्जिनीयर्स, वरिष्ठ भूगर्भ शास्त्रीले काम सुरु गरिसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
आयोजनास्थलमा १४ वटा बेलिबृज जडान गर्ने योजनाअनुसार आठवटा बेलिबृज जडान गरिएको तथा पुल तथा सुरुङ निर्माण गर्न आवश्यक पहुँच मार्ग निर्माणको काम भइरहेको छ । आयोजनाको पाँच ठाउँमा आधारभूत प्रयोगशाला उपकरण जडान गरी गुणस्तर परीक्षण र अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्शमा नवीन उपकरणसहितको प्रयोगशाला थपको व्यवस्था गरिएको छ ।
आयोजना अघि बढाउने सन्दर्भमा अहिलेसम्म ९१.५ प्रतिशत जग्गा अधिकरण र मुआब्जा वितरणको काम पूरा भएको छ । खोकना–बुङ्मतीमा जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उपसमिति गठन भई समन्वयका लागि पहल भइरहेको सेनाले जानकारी दिएको छ ।
रुख कटान तथा व्यवस्थापनको काम शतप्रतिशत पूरा भई वृक्षरोपण पनि असार मसान्तसम्म दुई लाख ४९ हजार १६६ वटा भएको छ । आयोजना अघि बढाउने सन्दर्भमा वातावरणीय प्रभाव मूल्याङकन स्वीकृति भई कार्य प्रारम्भ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।