१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि गृहको परिपत्र



७ साउन ०७८, काठमाडौं । गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न परिपत्र जारी गरेको छ । प्रहरी प्रधान कार्यालय नक्साल र ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर गृहले मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो ।

गृहको परिपत्रमा त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिइएको छ। साउन ४ मा मन्त्रिपरिषद बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको उक्त पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ४ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।