३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अध्यक्ष ओलीले माधव समूहलाई भने, ‘बाटो बिराएकालाई आममाफी भयो’   



७ साउन ०७८, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएका सबैलाई आममाफी दिने बताएका छन् । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने बताए ।

“पुष्पलालबाट प्रेरणा लिऔँ, महान् विचार कार्यान्वयन गर्न एक जुट होऔँ, पद र स्वार्थका कुरा छाडौँ, देशका कुरा गरौँ, एकताका कुरा गरौँ”, अध्यक्ष ओलीले भने, “बाटो बिराएका र भड्किएकालाई आममाफी भयो ।”

पार्टी एकतालाई आग्रह गर्दै उनले भने, “आउनोस् मिलेर काम गरौँ, यस आन्दोलनलाई मजबुत गरौँ, एकजुट भएर जाउँ ।” यसअघि विभिन्न चरणका पार्टीको आचारसंहिता र विधि उल्लङ्घन गरेको भन्दै एमालले केहीलाई कारवाहीको घोषणा गरेको तर पुष्पलालको स्मृतिका अवसरमा पार्टी अध्यक्ष ओलीले सबैलाई आममाफी दिने घोषणा गरे ।

उनले भने “म सङ्गठनको प्रमुख हुँ, तर साथीहरू मलाई कु गर्दैछन्, कहिले अध्यक्षबाट हटाउने भन्छन्, केही साधारण सदस्यबाटै हटाउने भन्छन् ।” उनले फुटको बाटोमा लागेर पतनतिर जान नहुने र पुष्पलालले रोपको बिरुवालाई सानोतिनो हावा हुन्डरीले केही असर नपार्ने जिकिर गरे ।

अध्यक्ष ओलीले कुनै पनि आन्दोलले हल्लाउन नसकेपछि अदालतबाट परमादेशको सहारा लिएको स्पष्ट पार्नुभयो । “मैले समृद्ध नेपाल ः खुशी नेपाली राष्ट्रको सङ्कल्पका लागि काम गरेको हुँ”,  । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टी एकता र सुदृढीकरणको अभियानमा जानुपर्ने जरुरी भएकासमेत बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ६ : १० बजे