३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचन आयोगले जसपाका कार्यकारिणी सदस्यलाई कागजातसहित बोलायो



कान्तिपथस्थित निर्वाचनको कार्यालय ।

७ साउन ०७८, काठमाडौं । निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई अनुरोध गरेको छ । जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित उपस्थित हुन आग्रह गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपिसहित साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थिन हुन आग्रह गरेको छ ।

जसपा नेपालको आधिकारिकतासम्बन्धी विवादबारे निर्वाचन आयोगमा दुवै पक्षको दाबी बहस आजै सकिएको हो । आयोगको इजलासमा पार्टीको आधिकारिकता माथि दाबी गर्दै जसपा अध्यक्ष महन्थ ठाकुर पक्षबाट आठ जना र उपेन्द्र यादव पक्षबाट छ जनाले बहस गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ८ : ११ बजे