११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


परिणाममुखी अनुसन्धानमा ध्यान दिनुस्



  मन्त्री पम्फा भुसाल ।

८ साउन ०७८, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनुसन्धानबाट प्राप्त नतिजालाई परिणाममुखी हुने गरी व्यावहारिक रुप दिन निर्देशन दिएकी छिन् ।
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रबारे आज विहीबार जानकारी लिँदै उनले मन्त्रालयसँग सम्बन्धित सबै क्षेत्रमा अनुसन्धान केन्द्रिकृत गर्न निर्देशन दिनुभयो दिएकी हुन् । नदीसँगै बग्ने गेग्रानको उचित व्यवस्थापन गरेर बस्ती कसरी जोगाउने भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै उनले भनिन्, “देशको विकासका लागि आवश्यक पर्ने क्षेत्रमा अनुसन्धान हुनुपर्छ, धेरैतिर हात हाल्नुभन्दा राष्ट्रिय प्राथमिकताका विषयलाई ध्यान दिनुहोस् ।”

निश्चित समयमा विज्ञसँग परामर्श गरेर अनुसन्धान गर्न निर्देशन दिँदै मन्त्री भुसालले भनिन्, “अनुसन्धानको नतिजालाई ‘टाइ अप’ गरेर काम गर्नुपर्छ, व्यावहारिक र कार्यान्वयन गर्ने खालको रिसर्च हुनुपर्छ । त्यसो भएन भने वौद्धिक विलाशिता मात्र हुन्छ ।”

केन्द्रले नदीको बहाव, बाढीपहिराको हुने क्षति, जलस्रोत कूटनीतिलगायत क्षेत्रमा अनुसन्धान गर्दै आएको छ । केन्द्रका प्रमुख डा महेश्वर श्रेष्ठले जनशक्तिको अभाव भएको तथा भएका जनशक्ति पनि काजमा अन्त गएकाले समस्या भएको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।