३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा लिए फिर्ता



८ साउन ०७८, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । संसद सचिवालयले प्रमुख प्रतिपक्षी दल, एमाले उपाध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य रावलले राजीनामा फिर्ता लिएको पुष्टि गरेको हो ।

रावलले साउन ३ गते आइतबार प्रतिनिधि सभाको बैठक अघि एमालेका केही सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि त्यसमा असन्तुष्टी जनाउँदै राजीनामा दिएका थिए ।

संसद भवनबाहिर सञ्चारमाध्यमका अगाडि राजीनामा पत्र पढेर सभामुखलाई राजीनामा बुझाउन गएका रावलले राजनीतिक विकृत भएकाले आफूले सांसद पद त्याग गरेको बताएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १ : ३९ बजे