
८ साउन ०७८,खोटाङ । आज फेरि अर्को भुकम्प गएको छ । खोटाङको खर्मी केन्द्रविन्दु भएर आज शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको खर्मी आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।
केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईका अनुसार यो भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको अनुमान गरिएको छ । यो भूकम्पबारे आवश्यक अनुसन्धान भइरहेको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
८ श्रावण २०७८, शुक्रबार
0
Shares







प्रतिक्रिया