३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसको क्रियाशील सदस्य साढे ८ लाख बढी



१२ साउन ०७८,काठमाडौं ।  नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य बनाएको छ। १४ औं महाधिवेशन गर्न थप क्रियाशील सदस्य बनाएको हो।
कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा ४ लाख ४३ हजार ६७८ नयाँ क्रियाशील बनाएको हो भने ४ लाख ९ हजार ३३ जनाको नविकरण गरिएको उल्लेख छ।

रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले करीब डेढ महिना लगाएर सदस्यताको काम सम्पन्न गरेका हो । क्रियाशील सदस्य वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यताबारे कतिपय जिल्लामा अझैं विवाद उठेको छ। विवाद भएका ठाउँमा समस्या टुंगिएपछि क्रियाशील सदस्यको संख्या फेरी बढ्नेछ।

समितिले बुझाएको प्रतिवेदनमा प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना क्रियाशील सदस्य छन्। यस्तै प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६, बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना क्रियाशील छन्।

लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ र सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशील छन्।
कुन उमेरका कति सदस्यरु

उमेरअनुसार हेर्दा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार चार सय २७ जना क्रियाशील छन्। २६ देखि ४० वर्षसम्मका २ लाख ४९ हजार ७ सय ७४ जना छन्। कांग्रेसमा यसपटक युवाको आकर्षण देखिएको छ।

४१ देखि ६० वर्ष उमेर समूहका धेरै क्रियाशील छन्। तीन लाख २८ हजार दुई सय ३४ जना क्रियाशील यो समूहबाट छन्।

यस्तै ६१ देखि ७५ वर्ष उमेरका ८३ हजार १० जना छन् भने ७५ वर्षभन्दा माथिका ११ हजार ७ सय ८२ जना मात्रै छन्।

अल्पसंख्यकतर्फ ६ हजार ८ सय २९ जना क्रियाशील छन्। मधेशीतर्फ ९५ हजार १ सय ४१, मुश्लिम १६ हजार ९ सय ७०, थारूतर्फ २७ हजार ६ सय १५, अपांगता भएकातर्फ दुई सय १, पीछडिएको क्षेत्रबाट १४ हजार ९ सय १४, आदिवासी जनजाति २ लाख ८ हजार एक सय ५९, खसआर्य तीन लाख ६७ हजार ६ सय ११, दलित ४५ हजार चार सय १७ जना छन्।

प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना क्रियाशील छन्। प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६, बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ र सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशील छन्।

क्रियाशील सदस्यताबारे विवाद भएका धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको नयाँ क्रियाशीलबारे छानबिन समितिले निर्णय गर्न सकेको छैन।

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १ : ३९ बजे