२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारको ध्यानाकर्षण गराउन उखु किसानहरु काठमाडौंमा



फाइल तस्बिर

१४ असार ०७८, काठमाडौं । उखुको बक्यौता रकम भुक्तानी नभएको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन किसानहरु काठमाडौं आएका छन । उखु उद्योगबाट अझै ४१ करोड रकम पाउन बाँकी रहेको भन्दै सर्लाही र नवलपरासीका किसान काठमाडौं आइपुगेका हुन् ।

सम्भव भएसम्म चिनी मिल उद्योगीसँग समेत भेट गरी ध्यानाकर्षण गराउने तयारी किसानको छ । ध्यानाकर्षण गराउदा पनि रकम भुक्तानी नभए पुनः आन्दोलनमा उत्रने उखु किसानको चेतावनी छ ।

सरकारले बक्यौता रकम तिर्न उद्योगीलाई दबाब दिएपनि पूर्ण रुपमा कार्यान्वयन नहुँदा किसान समस्यामा छन् । पटक पटक भएको सहमतिका वावजुद उखु उद्योग सञ्चालकले भुक्तानी नदिएको किसानहरुको गुनासो छ ।

किसानहरुले २०७० सालदेखिकै रकम पाउन बाँकी रहेको छ । किसानलाई सर्लाहीको अन्नपूर्ण सुगर मिलले १२ करोड, महालक्ष्मी सुगरले १२ करोड, इन्दिरा सुगरले ४, श्रीराम र लुम्बिनीले समान ३र३ करोड, बागमती खाँडसरीले ५० लाख दिन बाँकी छ । सरकारी बक्यौता समेत साढे ६ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  १२ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।