३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ३३६५ जनामा कोरोना संक्रमण, १ हजार ३७३ संक्रमणमुक्त



१४ असार ०७८, काठमाडौं । नेपालमा  थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षण गर्दा २ हजार ३३५ जना र ४ हजार ६८७ एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ।

देशभर हालसम्म ३० हजार ३९० जना सक्रिय संक्रमित छन्। बिहीबार १ हजार ३७३ संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ५ : १५ बजे