२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना संक्रमण बढ्दो, थप ३६११ जनामा कोरोना संक्रमण, २७ जनाकाे मृत्यु



१५ साउन ०७८, काठमाडौं । नेपालमा फेरि कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ।

देशभर हालसम्म ३१ हजार १४ जना सक्रिय संक्रमित छन्। शुक्रबार १ हजार ८१६ संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।