१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दार्चुला प्रशासनले भारतीय पक्षसँग माग्यो जानकारी



१६ साउन ०७८, काठमाडौं । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका विषयमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाहीका लागि भारतीय पक्षसँग माग गरेको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नदी तर्न खोज्दा तुइन काटिदिएको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूबाट सार्वजनिक भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी)ले शनिबार एक विज्ञप्ति जारी गरी घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाई नेपाललाई जानकारी गराउन र कारवाही प्रक्रिया अघि बढाउन आफ्ना भारतीय समकक्षीलाई पत्राचार गरेको बताए ।

‘उक्त घटनाका सम्बन्धमा अनुसन्धान एवं छानबिन भइरहेको र सत्यतथ्य पुष्टि भइनसकेकाले दुई देशबीचको सम्बन्धमा आँच आउने किसिमका भ्रामक समाचार प्रकाशन नगर्न सम्वद्ध सबैमा अनुरोध छ’,विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।