२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ९०४ सहित नेपालमा थप ३३८३ जनामा कोरोना संक्रमण



१९ साउन ०६८, काठमाडौँ ।  उपत्यकामा ९०४ सहित नेपालमा थप ३३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६३८ पीसीआर परीक्षण गर्दा २ हजार ४४८ जना र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ।

देशभर हालसम्म ३२ हजार ५९ जना सक्रिय संक्रमित छन्। मंगलबार १ हजार ९९४ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६१३, भक्तपुरमा ११४ र ललितपुरमा १७७ जनामा कोरोना पुष्टि भएको हो।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।