२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुधबार देशभर चार हजार कोरोना संक्रमित फेला




२० साउन ०७८, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज बुधबार चार हजार १०७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १६ हजार २९८ को परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण भएको पुष्टि गरेका छन् ।
उनका अनुसार परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणमा दुई हजार ९७५ जना र एन्टिजेन परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण देखिएको छ ।
आज एक हजार ५३५ सङ्क्रमणमुक्त भएका छन् । यस्तै विगत २४ घण्टामा ३५ जनाको निधन भएको छ । काठमाडौँ उपत्यकामा एक हजार २७९ सङ्क्रमण देखिएको छ । भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौँमा ९०८ जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।