४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस अधिवेशनको नयाँ कार्यतालिका छिट्टै आउदै




२१ साउन ०७८, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आशन्न १४औँ महाधिवेशनअन्तर्गत प्रभावित भएका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताको आज बुधबार बसेको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद एक÷दुई दिनमै निरुपण गर्ने सहमति गरेको हो ।
क्रियाशील सदस्यता छानविन समितिका सदस्य रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका समस्या समाधान गर्न शीर्ष नेताहरूको बैठक सकारात्मक रुपमा अघि बढेको र विवाद छिट्टै निरुपण हुने बताएकाछन् । क्रियाशील सदस्यतामा देखिएका समस्या समाधानपछि प्रभावित स्थानीय तहको नयाँ कार्यतालिका सार्वजनिक गरिने उनले जानकारी दिए ।
बैठकमा अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाको सदस्यताका हकमा केन्द्रित भएर आज छलफल भएको थियो । पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको यही साउन १४ गतेको बैठकले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको थियो । क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएका कारण र पार्टीको समायोजनका कारण बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाहीलगायत जिल्लाका केही क्षेत्र र वडाको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी छ ।
कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । त्यस्तै यसअघिको कार्यतालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १२ : २० बजे