
२१ साउन ०७८, पाल्पा । समाजमा सवल मान्छेले प्रगती गर्न नसकेर निराश रहेका हामी धेरै उदाहरण देख्न सक्छौं । तर फरक क्षमता(अपाङ्ता) भएका व्यक्तिहरुले प्रगती गरेर उर्जा दिइरहेका हुन्छन् ।
यस्तै दारुण अनि दुर्लभ दृश्य पछिल्लो समय राष्टिय समाचार समितीकी पत्रकार सुशीला रेग्मीले खिचेर सार्वजनिक गरेकी छिन् ।

यो तस्विर पाल्पाको निस्दी गाउँपालिका २ आनन्दीभञ्ज्याङ बालहित माविको एक कोठाका कुनामा बसेर खुट्टाले लेखेर कक्षा ११ को परीक्षा दिँदै याम खाम्चाको । दुवै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र देख्न राम्रोसँग सक्ने अरु विद्यार्थीसरह नै परीक्षामा सहभागी भएका छन् ।
सवल सहकर्मीहरुसँग प्रतिश्वर्धा गर्ने उनको यो आँट र क्षमतालाई सलास छ ।







प्रतिक्रिया