१० माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपत्यकाका नेवार समुदायले आज गथांमुगः पर्व मनाउँदै



२२ साउन ०७८, ललितपुर ।  आज साउन कृष्ण चतुर्दशी,  काठमाडौं उपत्यकाका नेवार समुदायले औपचारिकतामात्र सीमित गरेर आज गथांमुगः पर्व मनाउँदैछन् । यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गथांमुगः पर्वमा सार्वजनिक रुपमा बनाइने गथांमुगः नबनाएर घरघरमा गरिने पूजाआजामा मात्र पर्वलाई सीमित गरिने भनिए पनि केही स्थानमा परम्परागत गथांमुगः प्रदर्शनको तयारी चलिरहेको देखिएका छन् । आजका दिन टोल, नगर, मानव बस्तीका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा छ्वाली तथा नर्कटले बनाइएका गथांमुगःलाई खोला नदीसम्म तानेर लगेपछि दाह संस्कार गरी बगाइदिने नेवार गरिएको छ ।

यसरी भीमकाय परालबाट बनेको गथांमुगःलाई गुठी तथा दाफाभजनका सदस्यहरूले बाजागाजा बजाएर, अरुले छ्वाली बालेर सेलाउने गर्दछन् ।

गथांमुगःमा आवश्यक पर्ने सामाग्री भने टोलका स्थानीय बासिन्दासँगै माग्ने चलन रहेको छ । टोलटोलमा मान्छे मार्ने र मान्छेको मासु खाने गथांमुगः राक्षस मारेको सम्झनामा यो पर्व मनाइँदै आएको छ । त्यस्तै आजका दिन फलामका औँठी लगाउने, घरघरबाट भूत पन्छाउने, हातमा प्राकृतिक वनस्पतिका मेहंदी लगाउने पनि गरिन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ८ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।