१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


खोपको लाइनबाट युवाको चित्कार, हामीलाई भोक तिर्खा (तस्विर)




ललितपुर खबर

२२ साउन ०७८, काठमाडौं । वैदेशिक रोजगारीमा जान कोरोना विरुद्धको खोप लगाएको खोपकार्ड प्रमाणपत्र र क्युआर कोर्ड लिन राजधानीको टेकुस्थित सरुवा अस्पतालमा मध्यरातदेखि भीड लाग्ने गरेको छ । विहान ३ बजे देखि लाइन लाग्ने दिनभर कुर्दा समेत पालो नपाउदा सयौं युवाहरु फर्कने गरेका छन् ।
२ दिनदेखि क्युआरकोड लिन लाइन बसे पनि नपाएको बागलुङ बुर्तिवाङका रामबहादुर घर्तिमगरले बताए । उनले भने, ‘मध्यरातदेखि दिनभर लाइन बस्दा हामीलाई लाई भोक लाग्दा तिर्खा लाग्छ । छोडे काम बन्दैन भन्ने डर छ । भोक न तिर्खा भो ।‘
विहानैदेखि लाइन बस्दा थकित युवाहरु अस्पतालको गेटको हिलोमै बसिरहेका भेटिन्छन् । दिनको २ सय पचास जनालाई टोकन दिने गरिए पनि अरु युवाहरु अलपत्र पर्ने गरेका छन् ।
कोरोनाका त्रास रहेको आजकल उनीहरुलाई अस्पताल परिसरमा बस्न दिइदैन । नजिक खुल ठाँउ छैन अस्पताल अडाडिको सडकको हिलोमा बसेका एक युवकले दुखेसो पोखे ।

 

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ११ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।