१० माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एसईईको नतिजा प्रकाशित, कक्षा १२ को परीक्षा स्थगित



२३ साउन ०७८, काठमाडौं ।  २०७७ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार ४ लाख ७४ हजार २ सय ७८ विद्यार्थीको नतिजा प्रमाणीकरण भएको छ ।
एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np का साइटबाट हेर्न सकिनेछ । साथै, एनसेलको https://result.ncell.axiata.com मा गई आफ्नो नतिजा  हेर्न सकिन्छ । आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ ।

यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा संचालन गर्ने निर्णय आज बसेको बोर्ड बैठकले गरेको छ । फेरि परीक्षा गर्नेबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ३ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।