४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजदेखि अस्ट्राजेनिका खोप लगाइने



फाइल तस्बिर

२५ साउन ०७८, काठमाडौं । सरकारले आज सोमबारदेखि अस्ट्राजेनिका खोप दिने भएको छ । पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जानकारी दिएको छ।
दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र योभन्दा माथि उमेर समूहका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिकाको खोप दिन लागिएको हो ।
यी खोप लगाउन काठमाडौं महानगरपालिकामा १७ वटा, कीर्तिपुर नगरपालिकामा १०, चन्द्रागिरी नगरपालिकामा १५, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा ११, गोकर्णेश्वर नगरपालिकामा ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा खोप केन्द्र तोकिएको छ ।
साउन २५ गतेदेखि अस्ट्राजेनिका खोप अभियान सुरू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले जनाएका छन् ।
कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेकालाई अस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिने तयारी छ ।
दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप लगाएकालाई साउन २५ र २६ गते एस्ट्राजेनेका खोप दोस्रो मात्राको रुपमा लगाउने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ७ : ३२ बजे