२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा थप ३६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु




२५ साउन ०७८, काठमाडौं । नेपालमा थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ जना र ६ हजार १४९ एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ। देशभर हालसम्म ३६ हजार २८८ सक्रिय संक्रमित छन्। सोमबार १ हजार ७८४ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।