
२६ साउन ०७८,रौतहट । झण्डै १० लाख नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार ९ लाख ९३ हजार रुपैयाँ जाली नोट सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धनुषा बट्टेश्वर गाउँपालिका ४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका ९ बन्द्रा पशुपतिनगर बस्ने ३० वर्षीय रन्जित महतो र महोत्तरी भङ्गाह नगरपालिका ४ प्रेमनगर बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपाली रुपैयाँ १ हजार दरको यो जाली नोट सहित फेला पारी पक्राउ गरेको हो ।
नक्कली नोटका अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
२६ श्रावण २०७८, मंगलबार
0
Shares







प्रतिक्रिया