४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने शुरु



मेलम्ची खोलालाई पुरानै धारमा फर्काउन स्काभेटरमार्फत काम गरिँदै । अहिले मेलम्ची बजार आसपास खोला क्षेत्रमा मेलम्ची नगरपालिकाले पाँच वटा स्काभेटर मेशिन प्रयोग गरी नदीलाई पुरानै धारमा फर्काउने प्रयास गरिरहेको छ । तस्वीर : देवराज सुवेदी\रासस

२७ साउन ०७८, मेलाम्ची । मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउनका लागि मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ ।
कुनै समस्या र बाधाअवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर अर्यालले बताएका छन्।
गत असार १ र त्यसपछि लगातार रुपमा आएको बाढीले मेलम्चीमा मात्र १९७ घरमा क्षति पुगेको छ भने एक हजार २८२ रोपनी खेतीयोग्य जमिनमा नोक्सानी पुगेको बताइएको छ । बाढीका कारण विस्थापित भएकामध्ये कोही टेन्टमा त कोही भाडाको घरमा बस्दै आएका छन् ।
मेलम्ची र हेलम्बुमा बाढीपहिरोमा परेर २० जना हराइरहेका र ६ जना घाइते भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । बाढीपहिराका कारण मेलम्चीसहित हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा घर, सडक, पुल, खेती र व्यवसाय गरि करोडांै रुपैयाँको क्षति भएको बताइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : २७ बजे