१० माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


५० लाख बैंकिङ कसुरमा काठमाडाै‌ चद्दद्गागिरीका भुसाल पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२७ साउन ०७८,काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका ६ बस्ने अर्घाखाँची शितगंगा नगरपालिका ५ घर भएका ३५ वर्षीय कासीराम भुसाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ माघ ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरीबाट पक्राउ गरेको हो

भुसालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेकोमा उच्च अदालत पाटनले उक्त फैसला ठहर गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।