१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालका लागि ५ करोड ५० लाख खोप आवश्यक



२८ साउन ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालका लागि ५ करोड ५० लाख खोप आवश्यक पर्ने बताएका छन् ।
पूर्ववर्ती सरकारले ४२ लाख खोप उपलब्ध गराएको, तर बुधबारसम्म ७५ लाख डोज खोप लगाइएको उनले जानकारी दिएका छन् ।

सरकाले खरिद गरेको र अनुदानमा प्राप्त खोप धमाधम आइरहेको जानकारी गराउँदै उनले असोज मसान्त सम्म १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चत भएको बताए ।

सरकारले खोप आयात बढाएर बढी जनघनत्व भएका तराई जिल्ला र विद्यार्थीहरुमा कोभिड खोप कार्यक्रम प्राथमिकता दिई अघि बढाउने बताएका छन्। बिहीबार ९आज० प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने बताए ।

राज्यमन्त्री श्रेष्ठले ५०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा पनि खोप कार्यक्रम प्राथमिकताका साथ अघि बढाउन लागेको बताए । स्वास्थ्य क्षेत्रमा राज्यले धेरै परिवर्तन गर्नुपर्ने भएकोले छिटै अल्पकालीन र दीर्घकालीन योजना समेटेर सदनमा प्रस्तुत गर्ने श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ३ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।