
२८ साउन ०७८, ललितपुर । कलंकीमा महिलालाई जलाएर फरार व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन् । एक महिलालाई आगो लगाएर फरार भएका एक जना आरोपितलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रामेछाप घर भई ललितपुर बस्ने ४६ वर्षीय शिवजी भन्ने गबहादुर खत्रीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
उनलाई टोलीले बुधबार ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीबाट पक्राउ गरेको हो। २०६२ साल पुस ६ गते राति साढे ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकी लामपाटीस्थित डेरा बस्ने भगवती लामालाई सोही घरमा बस्ने मानिसहरूले जलिरहेको देखेका थिए। महिला बन्द कोठाभित्र जलिरहेकी थिइन्। घरका अन्य मानिसहरूले ढोका फोडेर लामालाई वीर अस्पताल लगेको थियो। तर उनको उपचारको क्रममा २०६२ पुस ७ गते मृत्यु भएको थियो।







प्रतिक्रिया