४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा थप ३ हजार २६० जनामा कोरोना, ३२ जनाको मृत्यु




२८ साउन ०७८, काठमाडौं । नेपालमा बिहीबार थप ३ हजार २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८०६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जना गरी कुल ३ हजार ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ३२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० पुगेको छ । यसैगरी, बिहीबार २ हजार २९४ जना निको भएसँगै हालसम्म ६ लाख ७७ हजार ३७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ५ : ५४ बजे