१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुशील कोइराला सरल, सादगी, इमान्दार र दृढता भएको नेता




२८ असार ०७८, काठमाडौं । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गर्न नेतृत्व गर्ने पूर्वप्रधानमन्त्री सुशील कोइराला सरल, सादगी, इमान्दार र दृढता भएको नेताका रुपमा स्थापित भएकामा विभिन्न वक्ताले जोड दिएका छन् ।
सुशील कोइराला मेमोरियल फाउन्डेसनले उहाँको ८२औँ जन्मजयन्तीका अवसरमा आज विहीबार जुम प्रविधिबाट आयोजना गरेको ‘लोकतान्त्रिक सङ्घर्ष र संविधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा संविधानविद् अधिवक्ता भीमार्जुन आचार्यले लोकतान्त्रिक मूल्यमान्यताप्रति सधैँ निष्ठा राख्ने व्यक्तित्व भएकैले संविधानसभाबाट संविधान जारी गर्न कोइराला सफल भएको बताएका छन् ।
संविधान निर्माणमा कोइरालाको योगदानलाई बिर्सनु हुँदैन भन्दै आचार्यले अरु नेता प्रधानमन्त्री भएको भए संविधान बन्ने निश्चित नदेखिएको बताए । कानून र संविधानलाई पटकपटक परिवर्तन गरियो भने राजनीतिक स्थायित्व नहुने भएकाले यसलाई प्रणालीबाट हिँडाउन सक्नुपर्ने उनको भनाइ थियो । कोइराला स्वार्थ र लोभ नभएको नेता भएकैले संविधान जारी गर्न सफल भएको अधिवक्ता आचार्यको विश्लेषण छ ।
“अमेरिकामा सन् १७८७ को पुरानो संविधान छ, उसले परिवर्तन गर्न चाहँदैन, बेलायतमा अलिखित संविधान छ, लिखित बनाउन चाहँदैन, भारतमा भन्दा हाम्रोमा उत्कृष्ट संविधान छ, तर यी देशले नेपालको संविधानका विषयमा टिप्पणी गर्ने गरेका छन्”, उनले भने । सुशील कोइरालाले छानेका मानिसबाट पनि उनी कस्तो प्रकृतिको हो भन्ने बुझ्न सकिने कार्यक्रमका वक्ताको भनाइ थियो ।
परराष्ट्रविद् डा जयराज आचार्यले २०१७ साल पुस १ गतेको घटना नेपालको राजनीतिमा अस्थिरताको बीज रोप्ने घटना भएको बताए । राजा महेन्द्रले आफैँ दिएको संविधान आफैँ च्यातेर अर्को संविधान दिएकाले अस्थिरताको शुरुआत एवं अविश्वासको बीजारोपण भएको विश्लेषण उनले बताए ।
फाउन्डेसनले कोइरालाको ८१औँ जन्मयन्तीका अवसरमा शुरु गरेको अन्वेषण यात्रालाई नयाँस्वरुपमा निरन्तरता दिइने सदस्य सचिव अतुल कोइरालाको प्रतिबद्धता छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।