१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना संक्रमणपछि वरिष्ठ छायाँकार रानाको निधन




१ भदौ ०७८,काठमाडौं । नेपाली चलचित्रका वरिष्ठ छायाँकार भीम रानाको निधन भएको छ । लामो समयदेखि कोभिड–१९ को उपचार गराइरहेका रानाको मंगलबार बिहान साढे ८ बजे निधन भएको चलचित्र लेखक प्रदीप भारद्वाजले जानकारी दिए ।
दुई दर्जनभन्दा बढी नेपाली चलचित्रको छायाँकन गरेका राना चलचित्र निर्माता पनि थिए । उनले सिनेमास्कोप चलचित्र ‘माइली’ निर्माण गरेका थिए । एक वर्षभित्र नेपाली चलचित्र उद्योगले चारजना वरिष्ठ छायाँकारलाई गुमाइसकेको छ । यसअघि वैकुण्ठ मास्के, जावेद शाह, रामशंकर प्रधानको निधन भएको थियो ।न्युज कारखानाबाट

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १२ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।