१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जसपा केन्द्रीय समिति बैठक सुरु, महन्थ पक्ष अनुपस्थित




१ भदौ ०७८,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको प्रथम बैठक काठमाडौंमा सुरु भएको छ ।
भोलिसम्म चल्ने बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानको अभिमुखीकरण र शुभारम्भ गर्ने संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जानकारी दिए ।
उनका अनुसार बैठकले समसामयिक राजनीतिवारे छलफल र निर्णय गर्ने भएको छ । जसपाले भदौ १ गतेदेखि मंसिर मसान्तसम्म पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान चलाउने निर्णय गरेको छ ।
आजको बैठकमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने अनुपस्थित छ । ठाकुर, महतोलगायतका नेता मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेको थियो । न्युज कारखाना

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १२ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।