१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अफगानिस्तानबाट काठमाडौं आइपुगेका नेपालीलाई अमेरिकी राजदूत बेरीको स्वागत



१ भदौ ०७८,काठमाडौं । अमेरिकी एजेन्सीमा काम गर्ने एक सय १८ जना नेपाली मंगलबार काठमाडौं आइपुगेका छन् । उनीहरू काबुलबाट चार्टर्ड प्लेनमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।
नेपाली आइपुगेका उनीहरूलाई अमेरिकी राजदूत रेन्डी बेरीले विमानस्थलमै पुगेर स्वागत गरेका छन् । उनले पहिलो उडानमार्फत आउनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु सम्मानको विषय भएको बताए ।
अफगानिस्तानमा तालिवान विद्रोही सत्ता कब्जा गरेपछि विदेशी नागरिकले काबुल छाड्ने क्रम जारी छ । विभिन्न बाटोबाट अफगानिस्तान पुग्ने नेपालीको संख्या १४ हजार रहेको बताइन्छ । न्युज कारखानाबाट

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १२ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।