४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय



फाइल तस्विर

१ भदौ ०७८,काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ । मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको हो ।
सरकारले मंगलबार मध्यरातिबाट संघीय संसदको चालु अधिवेशन हठात् अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै एमालेले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
सत्तारुढ गठबन्धनका तर्फबाट ल्याइएको सरकारको न्यूनतम साझा कार्यक्रमविपरीत संसदको अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन लागेको भन्दै एमालेले त्यसको प्रतिवाद गर्न नेता तथा कार्यकर्ताहरुमा आह्वान पनि गरेको छ ।
अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने जानकारी दिएका प्रवक्ता ज्ञवालीले अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित बनाउने र संकटतिर धकेल्ने बैठकले ठहर गरेको बताए ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १ : ५४ बजे