२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मुख्यमन्त्री शाक्यले गरिन बागमती प्रदेश सरकार विस्तार, ३ मन्त्री नियुक्त




३ भदौ ०७८, मकवानपुर । बागमती प्रदेश सरकारमा बुधबार मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।
मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालयमन्त्रीमा कृष्ण खनाल र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा केशवराज पाण्डेलाई जिम्मेवारी दिएको एमाले सचेतक दीपक निरौलाले जानकारी दिए । मन्त्रीहरुको सपथ भने बाँकी छ ।
नवनियुक्त मन्त्री खनालको नाम बुधवार एमालेबाट विभाजन भएको माधव नेपालको नयाँ पार्टी एमाले समाजवादीको केन्द्रीय सदस्यको सूचीमा छ ।
लामो समय माधव नेपालको साथमा रहेकी शाक्य माधव नेपालको साथ छाडेपछि एमाले ओलीमा लागेपछि मुख्यमन्त्री बन्ने अवसर पाएकी हुन् । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले बुधवार संसदीय दलको नेता तथा प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ९ : ४० बजे