४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


१४ सांसदमाथिको कारबाही प्रक्रिया अगाडि बढाउन सभामुख दबाब



३ भदौं ०७८, काठमाडौँ । नेकपा एमालेले माधव कुमार नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न ढिलाई गरेकोमा सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।  बिहीबार सभामुख अग्नि प्रसाद सापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले माधव नेपालसहित १४ जना सांसदहरुलाई कारबाही गर्न ढिलाई भएकोप्रति ध्यानाकर्षण गराएको हो । आफूहरुले दल त्यागको सूचना दिएको ७२ घण्टा पुग्न लाग्दासम्म सभामुखले सूचना प्रकाशन नगरेकाले भेटेर ध्यानाकर्षण गराएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सभामुखले माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन स्वीकृत होस् भनेर पर्खिएको हुनसक्ने भन्दै त्यसो गरेमा आफूहरुलाई मान्य नहुने उनको भनाइ छ ।एमालेलाई फुटाउने नियतले सभामुख सापकोटाले सूचना टाँस गर्न ढिलाई गरे त्यो आफूहरुलाई मान्य नहुने उनले चेतावनी दिए । भेटमा सभामुख सापकोटाले उक्त विषय छिटो भन्दा छिटो टुंगोमा पुर्‍याउने आश्वासन दिएको भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ४ : २० बजे