
३ भदौं ०७८, पोखरा । फोटोग्राफर सङ्घद्वारा सञ्चालित गण्डकी प्रदेशस्तरीय रामलाल–श्रीमाया फोटोग्राफी पुरस्कार तनहुँका अग्रज फोटोग्राफर कुमारमोहन श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
फोटोग्राफी व्यवसाय तथा फोटोको माध्यमबाट समाजमा उल्लेखनीय योगदान पु¥याएबापत उनलाई यो पुरस्कारबाट सम्मान गरिने भएको हो । श्रेष्ठले तनहुँको दमौली बजारमा विगत ५० वर्षदेखि सम्झना फोटो स्टुडियो सञ्चालन गर्दै आएका छन् ।
निकट भविष्यमा हुने सङ्घको साधारणसभामा प्रदान गरिने यो पुरस्कारको राशि रु २५ हजार ५५५ सहित दोसल्ला र सम्मानपत्र रहेको छ । पुरस्कार फोटोग्राफर सङ्घ पोखराद्वारा १८२ औँ विश्वफोटो ग्राफी दिवसका अवसरमा आज विहीबार घोषणा गरिएको हो ।
पोखराका फोटोग्राफर गणेश छवि र तीर्थ श्रेष्ठले आफ्ना बुबा आमा रामलाल र श्रीमाया श्रेष्ठको सम्मानमा रु एक लाख ५५ हजारको अक्ष्यकोष स्थापना गरी त्यसको व्याजबाट प्रत्येक दुई वर्षमा एक जनालाई सम्मान गरिँदै आएको सङ्घका अध्यक्ष जनक तिवारीले जानकारी दिए ।
प्रदेशका ११वटै जिल्लाबाट प्राप्त रायका आधारमा श्रेष्ठलाई पुरस्कृत गर्ने सिफारिस गरिएको पुरस्कार छनोट समितिका संयोजक राममणि पौडेलले जानकारी दिए । यस पुरस्कारबाट यसअघि पोखराका अग्रज फोटोग्राफर विश्वरत्न शाक्य, नारायण बाटाजु, रमा राना र मदन सुब्बा सम्मानित भइकेका छन् ।
३ भाद्र २०७८, बिहिबार
0
Shares







प्रतिक्रिया