१६ पुस २०८२, बुधबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फोटोपत्रकारले सकारात्मक सोचका साथ काम गर्नुपर्ने सुझाव




३ भदौं ०७८, काठमाडौैं । कोरोनाको जोखिम र असरबीच कार्यक्षेत्रमा निरन्तर खट्नुपर्ने भएकाले फोटो पत्रकारहरुले सकारात्मक सोचका आफ्ना क्रियाकलापलाई नियमित बनाउनु पर्ने सुझाव दिइएको छ ।
एक सय ८२ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा राष्ट्रिय फोटोपत्रकार समूहले भर्चुअलरुपमा आयोजना गरेको ‘नेपालको फोटो पत्रकारिताको वर्तमान अवस्था र मनोवैज्ञानिक चुनौती’ विषयक अन्तरक्रियामा मनोचिकित्सक प्रा डा सरोजप्रसाद ओझाले जीवनशैलीमा परिवर्तन गर्दै स्वस्थ्य रहेर काम गर्न सुझाव दिएका हुन् । उनले परिणामको तनाव नलिई आफ्नो कर्ममा सकारात्मक ऊर्जाका साथ लागेमा मनमा हुने भय हटेर जाने बताए ।
‘नेपाल फ्याक्ट चेक’का सम्पादक उमेश श्रेष्ठले फोटो पत्रकारहरुले ‘स्ट्रेस’ मा काम गर्नुपर्ने भएकाले मनोवैज्ञानिक पक्षमा ध्यान दिइनु आवश्यक भएको उल्लेख गर्दै फोटो पत्रकारहरुले सामग्रीमार्फत् समाजलाई उचित सन्देश दिनुपर्ने बताए ।
समूहका संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीले समाजमा गलत ‘ट्र्याक’ मा गएकालाई पनि फोटोग्राफीबाट सही सोचाइमा रूपान्तरण गर्न सक्ने बताए । समूहका अध्यक्ष राजेन्द्र चित्रकारको अध्यक्षतामा भएको कार्यक्रममा समूहका महासचिव प्रदीपराज वन्तले महामारीका बीच फोटो पत्रकारहरुलाई मनोवैज्ञानिक परामर्शका लागि कार्यक्रममको आयोजना गरिएको बताएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।