१६ पुस २०८२, बुधबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भीमफेदीको पान्द्राङमा पहिराका कारण यातायात अवरुद्ध



फाइल तस्विर

३ भदौं ०७८, मकवानपुर । हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिराका कारण यातायात अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकीले जनाएको छ ।
पहिराका कारण भीमफेदी हुँदै हेटौँडातर्फ आउने सवारीसाधन र भीमफेदीतर्फ जाने यात्रु समस्यामा परेका छन् । भैँसे प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको छ । यस स्थानमा यसअघि पनि माथिबाट खसेको पहिराका कारण यातायात अवरुद्ध हुने गरेको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।