२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ३ हजार ४२ जनामा काेराेना संक्रमण



४ भदौ ०७८,काठमाडौं । नेपालमा थप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १० हजार ५३० जनाको पिसिआर र ७ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, २ हजार २४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
शुक्रबार नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ। हाल देशभर ४० हजार ३ सय ९ सक्रिय संक्रमित छन्।

 

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ५ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।