१६ पुस २०८२, बुधबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महालेखाको प्रतिवेदन सार्वजनिक, चार खर्ब १८ अर्ब बेरुजु



राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ५८ औँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा महालेखा परीक्षक टङकमणि शर्मा । तस्वीर : प्रदीपराज वन्त\रासस

४ भदौं ०७८,काठमाडौं । महालेखा परीक्षक कार्यालयको ५८औं प्रतिवेदनमा आर्थिक वर्ष २०७६÷७७ सम्म बेरुजु रुकम चार खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ रहेको देखाइएको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बुझाएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७६÷७७ सम्मको लेखापरीक्षणमा चार खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ बेरुजु रहेको र आवधिक गरि टुंगो लगाउनुपर्ने ६ खर्ब ७६ अर्ब ४१ करोड रूपैयाँ पुगेको उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७५÷७६ सम्म बेरुजु रकम ४ खर्ब १८ अर्ब ३२ करोड रूपैयाँ रहेकोमा अहिले ५३ करोड रूपैयाँले बढेको देखाइएको हो । संघ, प्रदेश र स्थानीय तह गरी कुल ५३ खर्ब २७ अर्ब रूपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।