१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा थपिए १ हजार ९२० कोरोना संक्रमित



६ भदौ ०७८, काठमाडौं । नेपालमा आइतबार थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको नमुना परीक्षण गर्दा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो। यस अवधिमा २ हजार २४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै थप २४ जनाको कोरोना भाइरसबाट मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ। मन्त्रालयका अनुसार मुलुकभर ३८ हजार ७५१ जना सक्रिय संक्रमित छन्। जसमध्ये हाल देशभर ६८१ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ। तीमध्ये पनि १६९ जना भेन्टिलेटरको सहायतामा छन्। हालसम्म कुल संक्रमितमध्ये ९३.४१ प्रतिशत निको भएका छन्, ५.१८ प्रतिशत सक्रिय छन् भने १.४१ प्रतिशतको मृत्यु भएको छ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ५ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।