
६ भदौ ०७८,काठमाडौं । मुलुकभर आज आइतबार जनैपूर्णिमा धुमधामका साथ मनाइँएको छ । जनैपूर्णिमाका दिन रक्षाबन्धन बाँध्ने परपम्परा रहँदै आएको छ । तागाधारीहरु नदी किनारा तथा शिवालयमा गएर जनै फेर्ने र रक्षाबन्धन लगाउने गर्छन् ।
जनै नलगाउनेहरु गुरूपुरोहितबाट रक्षाबन्धन लगाउने परम्परा छ । तराई मधेशमा जनैपूर्णिमाका दिन दिदीबहिनीहरुले दाजुभाइहरुलाई राखी बाँधेर सुस्वास्थ्य र दीर्घायूको कामना गर्ने चलन छ ।
आज बिहानैबाट नदी किनारा र शिवालयहरुमा भीड लागेको छ । काठमाडौंको पशुपतिनाथसहित मुलुकभरको शिवालयमा जनै र रक्षाबन्धन लगाउनेको भीड लागेको हो ।
६ भाद्र २०७८, आइतबार
0
Shares







प्रतिक्रिया